d

नेपाल पक्षका सांसदले भने, 'हामी राजीनामा दिदैनौं'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू विश्‍वासको मत नदिने भएका छन्।
राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका छन्। नेता भीम रावलले प्रधानमन्‍त्री केपी ओलीले  विश्‍वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए।
नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको सम्बोधन हुने सन्देश नआएपछि  सांसदहरू  राजीनामा दिन संसद् भवन पुगेका थिए। ओलीले विश्‍वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। उनीहरू अनुपस्थित रहेपछि ओली विश्‍वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ। 
हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् । अन्नपूर्ण ।
Views: