d

रवीन्द्र मिश्रको व्यंग- 'एउटा अपराधीले अर्को अपराधीलाई संसदमा पालैपालो अपराधको आरोप लगाउदै छन् '

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : विवेकशिल साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद्मा एउटा अपराधीले अर्को अपराधीलाई पालैपालो अपराधको आरोप लगाइरहेको भन्दै व्यङ्ग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै नेताहरुले एक अर्कोलाई आरोप लगाएको भन्दै उनले यस्तो व्यङ्ग्य गरेका हुन्।
मिश्रले संसद्लाई सिनेमामा लगेर तुलना गरेका छन्। उनले आफूले दर्शकका रुपमा मनोरञ्जन लिइरहेको बताउँदै दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने टिप्पणी गरेका छन्। ‘एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा 'अपराधी'ले आर्को 'अपराधी'लाई पालैपालो 'अपराध'को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु।’ मिश्रले फेसबुकमार्फत भनेका छन्,‘तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला?’

 

Views: