d

जनता समाजबादी पार्टीले  एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ- बाबुराम भट्टराई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजपा फुटाउने खेलबाट सतर्क रहनुपर्ने बताएका छन्। मंगलबार ट्वीट गर्दै भट्टराईले बल दलहरूको कोर्टमा आएकोले लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको समाधान गर्नुपर्ने बताएका छन्। त्यसकालागि दलीय/गुटीय सोचभन्दामाथि उठ्नु अहिलेको आवश्यकता भएको भट्टराईको जोड छ।
‘अब बल दलहरूको कोर्टमा आएको छ। प्रश्न एक थान सरकारको मात्र हैन ; मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो। त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।’, भट्टराईले ट्वीटमा लेखेका छन्, ‘वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ।’ 
जसपा एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार निर्माण गर्ने र वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको भन्दै विज्ञप्ति निकालेपछि भट्टराईले एकताबद्ध हुन आग्रह गरेका हुन्। 
Views: