d

ओलीलाइ सत्ताच्युत गर्न हामीले संसद पद त्याग्नै पर्ने भो -  भीम रावल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२९ वैशाख, काठमाडौं । प्रधानमन्त्रीलाइ जसरी भए पनि पद बाट हटाउने कसरतमा उत्रिएका नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ ।’
‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ,’ उनले ट्वीटरमा लेखेका छन् ।
Views: