d

डा. बराल द्वारा मातापिताका नाममा २ लाखको अक्षयकोष स्थापना

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. गेहनाथ बरालले आफूले अध्ययन गरेको विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्। गौरादह नगरपालिका वडा नम्बर १, झापामा रहेको जनता उच्च माध्यमिक विद्यालयमा आफ्ना बुबा नेत्रप्रसाद बराल र आमा लक्ष्मीमाया बरालको संयुक्त नाममा  दुई लाख रुपैयाँ राशिको नेत्र-लक्ष्मी बराल छात्रवृत्ति पुरस्कार अक्षय कोष स्थापना गरिएको हो। 
सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्ये हरेक वर्ष कक्षा-७ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी आफ्ना आमाबुबाको नाममा नेत्र-लक्ष्मी बराल छात्रवृत्ति पुरस्कारको लागि अक्षय कोष स्थापना गरेको डा. बरालले बताए। 
हाल नोबेल मेडिकल कलेज विराटनगरमा प्रसूति तथा स्त्री रोग विभाग प्रमुखका रूपमा कार्यरत डाक्टर बराल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका डेपुटी डाइरेक्टर समेत भइसकेका छन्। एक महिना अघि मात्र बराललाई नेपाल सरकारको निर्णयबाट स्वास्थ्य क्षेत्रमा मुलुक कै सर्वाधिक ठुलो र महत्त्वपूर्ण अनुसन्धान निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष नियुक्ति गरेको छ। बराल सो विद्यालयमा १ देखि १० कक्षासम्म अध्ययन गर्दा उत्कृष्ट विद्यार्थी थिए।
Views: