d

कांग्रेसको निर्णय: बहुमत पुग्दैन, सरकारमा दावी नगर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
  
काठमाण्डाै – नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ । बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले संचारकर्मीलाइ बताए।  
जनता समाजवादी पार्टी (जसपा) ले साथ नदिएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएका कारण बहुमत नपुग्ने अवस्था देखिएकाले दाबी नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने महतको भनाइ छ ।  
Image: Ekantipur
Views: