d

प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजे

Views:
Responsive Image Gallery
Responsive Image Gallery
तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदै छन्।
प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजेलाई तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।  
शितल निवासमा अहिले प्रधानमन्त्री ओलीको मात्रै सपथको सूचना पुगेको भए पनि उनले आफूसँगै केही मन्त्रीलाई पनि सपथ खुवाउन सक्नेछन्।
मन्त्रीहरूलाई पनि राष्ट्रपतिले नै सपथ खुवाउने संवैधानिक व्यवस्था छ। सोहीअनुसार ओलीकै सपथ कार्यक्रममा अरू मन्त्रीहरूले पनि सपथ लिने सम्भावना छ।
आज को-को मन्त्रीले सपथ लिन्छन् भन्ने खुलिसकेको छैन।
Views: