d

PARDAPHAS - सम्पादकीय प्रम ज्यू, ५० औं हजार क्षमताका अस्पतालहरु बनाउने उद्घोष गर्नुहोस्, हार्दिक शु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
मुलुकको ४३ औं प्रधानमन्त्रीको रूपमा जिम्मेवारी बहन गर्नुभएकोमा सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं । गत कार्यकालमा तपाईं माथी जनताले उठाएका प्रश्नहरुको जवाफ यो कार्यकालले दिन सकोस् । भ्रष्टाचार नियन्त्रणमा ठोस प्रयास गरियोस् । मल उद्योगहरु ठाउँ ठाउँमा खोलियोस् । जन आवस्यकताको आधारमा बजेट विनियोजन गरियोस् । स्थानीयतहलाई कसी लगाउने गरि  नीति निर्माण गरियोस् । प्रदेश सरकार निकम्मा बनेको छ यसलाई खारेज गर्न पहल गरियोस् । दन्डहिनताको अन्त्य गर्न न्यायपालिका माथी हुने अनावश्यक हस्तक्षेपको अन्त्य गरियोस् । स्थानीय निकायको चुनाव यथासमयमा सम्पन्न गरियोस् । र सबैभन्दा महत्त्वपूर्ण काम सरुवा रोग निधान गर्ने उद्देश्य लिएर अत्याधुनिक सुबिधा सम्पन्न ५० औं हजार क्षमताको ४/५ वटा हस्पिटल खोल्ने  प्रण आजै गरियोस् । यस्ता  हस्पिटल खोल्दा बजेट कहाँ बाट ल्याउने भन्ने हुनसक्छ यसको लागि जनता छन् । हाइड्रो पावर प्रोजेक्टमा जस्तो पब्लिकले  लगानी गर्न पाउने गरि कार्यविधि तय गरियोस् । स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र पुर्व सत्ताधारीहरुको अदुरदर्शीताकै कारण  आज कोरोना भाइरसले यति धेरै समस्या पारेको हो । यदि पुर्व शासकले दीर्घकालीन सोच राखेर स्वास्थ्य क्षेत्रमा बलियो आधार स्तम्भ तैयार गरिदिएका भए आज नेपाली जनताले दुख पाउनुपर्ने थिएन । जसरी धरहरा ठडिएको छ त्यसैगरी अत्याधुनिक सुबिधा सम्पन्न र अनुभवी चिकित्सक टोली सहितका अस्पताल निर्माण गर्ने सपना मात्र देख्नु भयो भने त्यो सपना साकार पार्न सकिने छ र तपाईंकै कार्यकालमा पूरा पनि हुनेछ । धेरै प्रधानमन्त्री आए कलंकको टीका लगाएर गए अहिलेको समय तपाईंको छ, केही गर्ने मौका पनि मिलेको छ । अन्त्यमा हामी यतिनै भन्छौँ , 'भ्रष्टाचार विरुद्ध जेहाद छेड्नुहोस्, मुलुक बनाउने सपना भित्र अर्को सपना पनि खोजी गर्नुहोस् जसले  तेह्रथुमको थुम्कोमा जन्मिएको के. पी. ओलीलाई विश्व समुदायले चिरकाल सम्म याद गरोस् । कार्यकाल शुभ रहोस्  । श्री पशुपतिनाथले समृद्ध मुलुक बनाउने कार्यमा सकारात्मक उर्जा प्रदान गरुन् । 
Views: