d

गठबन्धन मिसन असफल भएपछी प्रचण्ड सहित शिर्ष नेताहरु देउवा निवासमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्ती मगर सहभागी भएका थिए । त्यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव सहभागी भएकाे थिए ।

 

Cover Image: Hindustan Times
Views: