d

रवी लामिछानेले किन अस्विकार गरे कोरोना संक्रमितको लागि आएको १ लाख रुपैयाँ सहयोग ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कोरोना महामारीको समयमा संक्रमितहरुको सेवामा २४ घण्टा खटिरहेका सञ्चारकर्मी रवि लामिछानेले १ लाख बराबरको सहयोग अस्विकार गरेका छन् । कोरोना पीडितको निशुल्क उपचार  गरिरहेको जनमैत्री हस्पिटललाई अमेरिका स्थित हेम एन्ड माया फाउन्डेसनद्वारा  घोषणा गरिएको आर्थिक सहयोग लिन लामिछानेले अस्विकार गरेका हुन् । 
हेम एन्ड माया फाउन्डेसनका संचालक हेम थापाले सामाजिक संजाल मार्फत उक्त कुराको जानकारी दिएका छन् । 
फेसबुकमा थापा लेख्छन्, 'मैले रबि लामिछाने भाईले संचालन गर्नु भएको जनमैत्रि अस्पताल Covid 19 महामारिमा केहि राहत पुगोस् भन्ने हिसाबले  हेम&माया फाउणण्डेशन नेपालको तर्फ बाट रू.१,०००००( एक लाख ) सहयोग दिन प्रयास गर्दा , हामी लाई  पैसाको अभर छैन, केहि परे पछि भनौला , मैले कसै लाई अभियान चलाउनु भनेको छैन भनेर रबिले म संग भन्नु भएकोले यो सहयोग अब अन्तै दिने निर्णय गरेको छु ।'
Views: