d

ओली-नेपाल पक्ष विच घन्टौ  वार्ता, रावल भन्छन्, 'कुरा सकारात्मक छ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कार्यदल छनोटको जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई
काठमाडौं : नेकपा (एमाले) विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताबीच शुक्रबार अढाई घण्टा छलफल भएको छ ।
cover image:www.peoplesreview.com.np
एमाले उपाध्यक्ष भीम रावलका अनुसार शुक्रबार साँझको वार्ता सकारात्मक भएको छ । उनका अनुसार वार्ता सकारात्मक ढंगले अगाडि बढेको हो । गम्भीरतापूर्वक भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ गते भन्दा अगाडिको आधार मानेर अगाडि बढाउने गरी कुराकानी भएको उनको भनाइ छ । 
रावलका अनुसार यो विषयमा छलफलका लागि कार्यदल सदस्य छनोट गर्ने जिम्मेवारी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई दिइएको छ । 
‘हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि र पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्यौँ’, रावलले वार्तापछि पत्रकारसँग भने, ‘त्यसको लागि २०७५ जेठ २ गते भन्दा अगाडिको कुरालाई आधार मानेर अरु छलफल अगाडि बढाउने र त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलका सदस्य तय गर्ने कुरा भएको छ । फेरि तुरुन्त कुराकानी गर्ने कुरा भएको छ ।’ अन्नपुर्ण। 
Views: