d

महामारीमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय संग  कांग्रेसको अपील

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संकटमा रहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ। 
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो अपील गरेका हुन्। 
सरकारलाई भविष्यमा आउने परिस्थितिलाई मध्यनजर गर्दै सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर प्रयोगशाला स्थापना गर्न आग्रह गर्दै कांग्रेसले अन्तर्राष्ट्रि समुदायलाई सहयोगको अपीलसमेत गरेको हो। 
‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको  व्यवस्था गर्न माग गर्दछु’, देउवाले विज्ञप्तिम भनेका छन्, ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु।’ 

 

Views: