d

अर्थमन्त्री हुने वित्तिकै पौडेलको  निर्णय: तीन अस्पताललाइ पौने ६ करोड

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो पदबहाली ग्रहण गरे।  पदबहाली हुने वित्तिकै तीन अस्पताल डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जलाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छन्।  अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेको जनाइएको छ।  नव नियुक्त अर्थमन्त्री पौडेलले कोभिड –१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याइने बताए ।
अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चरणमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पसाथ बजेट ल्याउन लागिएको जानकारी दिए । कोभिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभावकारी बनाइने उनको भनाइ छ ।
cover image: The Himalayan Times
Views: