d

मकवानपुरका अस्पतालहरुमा अक्सिजन अभाव, बिरामीलाइ धमाधम छिमेकी जिल्ला रेफर गरिदै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
मकवानपुर — कोभिड अस्पतालका रूपमा सञ्चालित हेटौंडा अस्पतालमा अक्सिजन सकिएपछि उपचार भइरहेका  कोरोना संक्रमितलाई छिमेकी  जिल्लाहरुमा धमाधम  रेफर गर्न थलिएकोछ  ।
अस्पतालले शुक्रबार चितवनस्थित भरतपुर अस्पतालमा १०, सिन्धुली जिल्ला अस्पतालमा १२ र काठमाडौंका विभिन्न अस्पतालमा २० जना संक्रमितलाई रेफर गरेको बताएको हो ।
अक्सिजन टुटाउन नहुने संक्रमित बिरामीलाई अन्यत्रका अस्पताल पठाइएको हेटौंडा अस्पताल प्रशासनले बताएको छ।   अक्सिजनकै कारण  नयाँ संक्रमितलाई भर्ना गर्न नसक्ने अवस्था आएको बताइएको छ।  
जिल्लाको जनस्वास्थ्यमा सेवा प्रदान गरिरहेका चुरेहिल र हेटौंडा सहकारी अस्पतालले पनि अक्सिजन अभावकै कारण नयाँ संक्रमित भर्ना लिन नसक्ने जनाएका छन् । हेटौंडामा संक्रमितको उपचारमा अक्सिजन खपतसमेत बढेको छ । ‘यसअघि दैनिक १९० सिलिन्डर मात्रै खपत हुँदै आएकोमा शुक्रबारदेखि २५० भन्दा बढीको माग छ,’ हेटौंडा अस्पताल सञ्चालन समितिका एक  सदस्यले संचारकर्मी संग भने।  
Cover Image: osnepal Tv
Views: