d

काेराेना भाईरस संक्रमणकाे राेकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
गाैरीगंज३१, बैशाख / बढ्दै गईरहेकाे काेराेना भाईरस संक्रमणकाे राेकथाम तथा नियन्त्रण गर्न गाैरीगंज गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ । 
गाउँपालिकामा स्थापना गरिएकाे काेभिड अस्पताललाई सहयाेग पुग्ने उद्देश्यले लुथरन विश्व फेडेरेसन नेपालसंगकाे सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजालले अाज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । संजालका अध्यक्ष साेमनाथ भट्टराईले गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई उत्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे थियाे । 
संस्थाले ५ थान बेडसिटसहित बेड,५ थान अाई भि स्टाण्ड, तन्ना, सिरानी, ४१ जना विरामीका लागि पाैष्टिक अाहार, ग्लाससहित भाईजर, पीपीई, मास्कलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे थियाे । 
साेही अवसरमा संस्थाका अध्यक्ष साेमनाथ भट्टराई , कार्यक्रम संयाेजक कुमार चुडाल, गाैरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, स्वास्थ्यकर्मी अविनास सिंहलगायतकाे उपस्थिति थियाे । त्यसैगरी संस्थाले झापा गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । गाउँपालिकालाई काेभिडका विरामीका लागि वेड, , पाैष्टिक अाहार र ८० वटा एन्टीजेन्ट किटसमेत प्रदान गरेकाे थियाे । 
हस्तान्तरण पश्चात् गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ , संस्थाका अध्यक्ष साेमनाथ भट्टराई, कार्यक्रम संयाेजक कुमार चुडाल, स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्र, अविनास सिंहलगायतले काेराेना संक्रमित कै घरमा पुगेर पाैष्टिक अाहार प्रदान गरेका थिए । बदाम, काजु किसमिसलगायतका ड्राई फुडकाे प्याकेट विरामीका परिवारलाई प्रदान गरिएकाे थियाे । गाउँपालिकाका ४१ जना काेराेना संक्रमितका लागि संस्थाले पाैष्टिक अाहार हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाका ४१ जना संक्रमितका घरमै पुगेर स्वास्थ्यकर्मीसहित पाैष्टिक अाहार पुर्याउने र उनीहरूलाई स्वास्थ्य परामर्श दिईने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । kochilanews.com
cover Image: Kochila News
Views: