d

इजरायल-प्यालेस्टाइन हिँसा जारी: १३९ प्यालेस्टाइनी मारिए, ९५० घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery
जेरुसेलम: प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलको बमबारीको क्रममा कम्तिमा १३९ जना मारिएका छन् । साथै ९५० जना घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये ४० जना बालबालिका छन् । गत सोमबारदेखि इजरायलले प्यालेस्टाइनमाथि निरन्तर हवाइ आक्रमण गरिरहेको छ । शनिबार पनि इजरायली हमलाबाट ८ बालबालिकासहित १० जना मारिएका छन् । गत साता इजरायलमाथि हमासले रकेट आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रको मानव बस्तीमा नियमित हवाइ आक्रमण गरेको हो ।
शनिबारको आक्रमण गाजा क्षेत्रमा रहेका शरणार्थी शिविरप्रति लक्षित रहेको बताइएको छ । जहाँ १० जनाको मृत्युका साथै १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अवस्था छ ।
इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय समुदायले पनि निन्दा गरेका छन् । साथै यसलाई नरसंहारको रुपमा विरोध गरिएको छ । इजरायलले आक्रमण तिब्र बनाएपछि गाजा क्षेत्रका दश हजार भन्दा धेरै मानिसले घर छाडेर सुरक्षति स्थानतर्फ भागेका छन् । अन्नपुर्ण। 
Views: