d

डब्ल्यूएचओलाई राष्ट्रसंघीय मिसनले भन्यो, 'तत्काल  खोप नेपाल पठाउनुस्'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको छ।
राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले नेपालमा कोरोना संक्रमण उच्च रहेको भन्दै डब्ल्यूएचओका प्रमुखलाई यस्तो आग्रह गरेकी हुन्।
‘के विश्वले सुनिरहेको छ ?’, उनले प्रश्न गर्दै ट्वीटरमा भनेकी छिन्, ‘विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैले पनि बोलिरहेको छ। अहिल्यै खोप नेपाल पठाउनुस्।’
डब्ल्यूएचओले कोभ्याक्स सुविधाअन्तर्गत कम आय भएका मुलुकमा खोप आपूर्ति गर्दै आएको छ। सोही सुविधाअन्तर्गत नेपालाई १ करोड ३० लाख मात्रा खोप डब्ल्यूएचओले दिने बताएको छ। 
सो खोपको ३ लाख ४८ हजार मात्रा फागुन २३ गते नेपाल आइसकेको छ। भारतलगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि बाँकी खोप कहिले आउने अन्यौल भएको छ। अन्नपुर्ण। 
cover image: Taipei News
Views: