d

अमेरिकामा सफ्टवेर ह्याकिंग आतंक,  ह्याकरलाई ६ करोड फिरौती

Views:
Responsive Image Gallery
Responsive Image Gallery
अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ ।

image: Forbs

कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सुचारु भएको छ ।
कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण भएको थियो । जसका कारण पाँच दिनसम्म प्रणाली बन्द हुँदा अमेरिकाका विभिन्न ठाउँमा डिजेल, पेट्रोल तथा हवाई इन्धनको आपूर्ति प्रभावित भएको थियो भने इन्धनको मूल्यवृद्धि समेत भएको थियो । सोमबार अमेरिकाले विभिन्न राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेको थियो ।
अमेरिका सरकारले ह्याकरहरुलाई माग बमोजिमको फिरौती दिइएको कुरा नबताएको भएपनि सीएनएन, न्युयोर्क टाइम्स, ब्लुम्बर्ग तथा वालस्ट्रिट जर्नलहरुले विभिन्न सूत्रहरुलाई उद्धृत गर्दै अश ह्याकरलाई रकम तिरेको दाबी गरेका छन् । अनलाइन खबर। 
Views: