d

महामारीकै बीचमा तानियो  मच्छिन्द्रनाथको रथ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ । 
कोरोना भाइरस (कोभिड-१९) संकटकै बीच रथारोहण गरिएको चौथो तीन शनिबार रथ तानिएको हो । यो पटक कोरोना संकट भएको भन्दै सांकेतिक रुपमा रथ तानिएको हो । रथलाई जावलाखेलबाट तानेर बुंगमति लगिने छ । शनिबार बिहानको नित्य पूजापछि दिउँसो रथ तानिएको हो । 
वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । विगतका वर्षमा भीडभाडमा तानिने रथ यसपटक सीमित मान्छेको उपस्थितिमा तानिएको हो ।
ललितपुरका स्थानीयले पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तानेका हुन् । कोरोना भाइरसको दोश्रो लहरपछि  गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकै बेला  राजधानीको लामो मच्छिन्द्रनाथको रथयात्रा शनिबार सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले ५ जना भन्दा धेरै भेला हुन नपाउने आदेश जारी गरेको भोलिपल्ट जात्रा सुरु गरिएको हो । निषेधाज्ञाका कारण रथलाई पुल्चोकस्थित दमकल चोकबाट ५ सय मिटर टाढा पुर्या‍एर जात्रा टुंगाइएको छ । अन्नपुर्ण। 

cover image: nagarik news

Views: