d

चीनको ऐतिहासिक सफलता: मङ्गल ग्रहमा यान अवतरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
मङ्गल ग्रह: चीन सफलतापूर्वक मङ्गलमा यान अवतरण गराउन सफल
चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार सबेरै जनाएका छन्।
छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो।
उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको 'अद्वितीय उपलब्धि'का लागि बधाई दिएका छन्। बिबिसी। 
image: BBC
Views: