d

मैले प्रधानमन्त्रीलाइ राष्ट्रिय सरकार बनाउन भने तर मानेनन् -  डा. बाबुराम भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता  डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन् । ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार ट्वीटरमार्फत् यो कुराको खुलासा गरेका हुन् । ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् । उनले अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।
Views: