d

गौरादह चामल काण्ड: कर्मचारीलाई संरक्षण गर्न अर्को नाटक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सान नेपाल 
झापा: बहुचर्चित गौरादह चामल काण्डको बारेमा स्थानीयमा व्यापक चिन्ता र चासो बढ्दै बएको बेला हतार हतार गरेर चामल वितरण गरेको तथ्य बाहिरिएको छ ।  स्थानीयले चर्को आवाज उठाउन थालेपछि कर्मचारीलाई उन्मुक्ति दिने गरि रातारात दाल र चामल  वितरण गरेको फर्जी कागज तैयार गरेर   अनियमिता लुकाउने प्रयास भएको हो ।  
गौरादह बजारमा रहेको जिर्ण र आहाल हुने भवनमा राखिएको चामल  कुहिएको तथ्य संचार मध्यममा बाहिरिए  पछि सत्य तथ्य ढाकछोप गर्ने मनसायले हतार हतार चामल बाडेर सकेको नाटकमन्चन गरेको पाइएको छ।  
कुहिएको चामल लुकाउन प्रयास गर्दै योजना बनाउनेहरुले कभर्ड हलमा के कति चामल छ भन्ने तथ्य अझै लुकाएका छन् ।  
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, 'मेयर साब एउटा लिस्ट बोकेर मेरो कार्यालयमा आउनुभएको थियो, सडेको चामल छानेर बाड्ने भन्नुभयो, मैले हुन्छ भनिदिए।'
कति चामल सडेको छ भनेर जिन्सीका कर्मचारी अर्जुन दाहाल संग प्रतिबेदन मागेको तर उनले अहिले सम्म प्रतिदन नबुझाएको भट्टराईले बताए।  
५ हजार किलो चामल १२५  जनालाई मात्र किन बाडियो ? कुहिएको  कति चामल फ्याकियो ?  कहिले र कुन प्रक्रियाले  वितरण गरियो ? भन्ने विषयले व्यापक चर्चा पाउने देखिन्छ भने यति ठुलो समस्यालाइ किन  ढाकछोप गरियो भन्ने गम्भीर प्रश्न समेत तेर्सिएको छ।  

स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यम लगायत नागरिक समाजले बारम्बार प्रश्न उठाएको विषयलाई ढाकछोप गर्ने गरि सबै चामल वितरण गरेर सकेको नयाँ नाटक मन्चन गरिएको भन्दै सत्य तथ्य छानबिन गरेर दोषीलाई कानुनी कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
१ नं. वडा कार्यालय नजिकै रहेको कभर्डहलमा सडेको चामलको बारेमा जिज्ञासा राख्दा वडा अध्यक्ष नगेन्द्र भण्डारीले ५ हजार किलो सबै चामल कुहिएको कुरा स्विकार्न चाहेनन् ।  सञ्चारमाध्यममा आइसकेको विषयमा किन अनधिकृत रूपमा वितरण गरिएको हो ? भन्ने जिज्ञासामा   वडा अध्यक्ष भण्डारीले यसबारेमा मेयर साहले आफैं जिम्मेवारी लिएर काम गरेको बताए । 
जिन्सी शाखाको एकल अधिकार प्राप्त कर्मचारी  हुन् अर्जुन दाहाल । चामल कुहिएको भन्ने विषयमा सत्यतथ्य कुरा के हो भन्ने जिज्ञासा राख्दा उनको भनाइ : 'चामल हो सडी हाल्छ नी, राखेको पनि धेरै समय बित्यो अलिअलि कुहिएको होला, कुहिएको जति फ्याँक्नु पर्छ, राम्रो राम्रो छानेर  उचित व्यवस्थापन गर्नुपर्छ होइन र ?'
अर्जुन दाहाल उनै कर्मचारी हुन् जसले सरकारी मोटरसाइकललाई निजी नं. प्लेट हालेर चलाउने वडा अध्यक्ष र कर्मचारीको विवरण ढाकछोप गरेका थिए ।
मजदुरलाइ वितरण गर्ने भन्दै लाखौँ रुपैयाँ खर्च गरेर खरिद गरेको चामल किन सड्यो भने विषयमा चिन्ता सम्म व्यक्त गर्न नचाहनेहरुले सिंगो गौरादहको बेइज्जत्ति गरेको र विकेन्द्रीकरणको नीति माथि गम्भीर प्रहार गरेको स्थानीयको निष्कर्ष छ।   
Views: