d

प्रधानमन्त्रीले 'त्याे पर्दैन' भन्दै लिएकाे शपथविरुद्ध सर्वोच्चमा रिट दर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery
  
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको  शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको  छ । गत वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।
प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनीहरुले  संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गरेका छन् ।
यस्तै अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीकाे शपथ र प्रधानमन्त्रीले गर्नुभएकाे सात मन्त्रीको नियुक्तिविरुद्ध अर्को रिट निवेदन पेस गरेका छन् । तर दुवै रिट निवेदन दर्ता भने भई नसकेको पाएको छ। 
रिटमा सङ्घीय संसद् सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुने समेत दावी गरिएको छ । 
Views: