d

दिल्लीको जनजीवन विस्तारै सामान्य हुनेछ : केजरीवाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 काठमाण्डाै – भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको जनजीवन विस्तारै सामान्य हुदैँ जाने बताएका छन्।   कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको उनले बताएका हुन्। सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उनको अनुमान छ ।

cover image: nawabharat times

मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताएको  भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्म लम्ब्याएको छ । लकडाउन गर्नुअघि दिल्लीमा सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा अहिले झरेर १० दशमलव चार प्रतिशतमा झरेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८१ हजार आठ सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ९२ जनाको ज्यान गएको छ ।
Views: