d

काठमाडौंमा असारदेखि नयाँ शैक्षिक सत्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । 
जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको हो । विद्यालयको अनुकूलताअनुसार अनलाइन, अफलाइन, टेलिफोनलगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए । असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने व्यवस्था मिलाउने महानगरपालिकाले ताकेता गरेको हो ।
Views: