d

महामारीमा सहयोग गर्दै सहयोगी हात नेपाल (तस्बिरहरु सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पर्दाफास सम्बाददाता 
झापा: पूर्वी नेपालमा रहेर सामाजीक कार्यहरुमा सक्रिय संस्था सहयोगी हात नेपालले  कोभिड अस्पताल दमक लगायत  सुरक्षाकर्मीका विभिन्न बिटहरुमा स्वच्छ पिउने पानी माक्स ,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
No description available.
संस्थाले दमक कोभिड अस्पतालका साथै  बेल्डागी, दमक चोक, ताराबारी, फाल्गुनन्द, पाडाजुगी, केर्खामा रहेका प्रहरी बिट तथा इलाम चुलाचुली प्रहरी  चौकी लगायतका स्थानहरुमा जार सहितको सुद्द पिउने पानीको व्यवस्था गर्नुका साथै अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।

 

No description available.

 
'विषम परिस्थितिमा सानै भए पनि सहयोग मिलोस भन्ने उद्देश्यले  दमकका विभिन्न स्थानमा खानेपानी, सेनिटाइजर लगायताका सुरक्षा सामाग्री वितरण गरेका हौं, यसबाट अवस्य पनि सामाजिक चेतना फैलाउन मद्दत मिल्ने हाम्रो विश्वास छ', सबैले मिलेर योगदान पुर्याउन सके महामारी संग लडाई गर्न सहज हुन्छ,  सहयोगी हात नेपाल अध्यक्ष छबि बास्कोटाले पर्दाफास संग कुरा गर्दै संस्थाका गतिविधि बारे प्रकाश पारे ।

 

No description available.

 
कार्यक्रममा संस्था अध्यक्ष बास्कोटा लगायत  वरिष्ठ उपाध्यक्ष रमा लिम्बू , उपाध्यक्ष भानुभक्त खतिवडा सचीव रमेश अधिकारी,  कोषाध्यक्ष किरण अधिकारी, सहित  सल्लाहकार बिमल शर्मा, तारा प्र. अधिकारी तथा संस्थाका मध्यस्तकर्ता गणेश प्रधान, सदस्य मनिश शाह र जितेन्द्र थापा को उपस्थितिमा कार्यक्रम  सम्पन्न भएको अध्यक्ष बास्कोटाले जानकारी दिए ।  
 
No description available.

 

 

No description available.

 
 

 

No description available.

 

 

No description available.

 

 

No description available.

Views: