d

कुहिएको चामल खाल्टो खनेर गाड्न प्रहरीलाई निर्देशन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सान नेपाल
झापा: आफ्नै लापरबाहीले कुहिएको चामल गौरादहका जनप्रतिनिधिले आज निरिक्षण गरेका छन् ।  जनप्रतिनिधि र सुरक्षाकर्मी सहितको टोलिले आज गोदामको निरीक्षण गरेको पाइएको हो। निरिक्षण गर्दा ५ हजार १० किलो चामल, २ सय ३ किलो दाल,५ बोरा भुजा र ५ किलो नुन सडेको अवस्थामा भेटिएको उपमेयर गिता भेट्वालले बताइन् । 
 
चामल सडेको भन्न नमिल्ने तर मुसाले बिगार गरेकोले दाल र चामल एकै ठाउँमा मिसिएको उनले बताइन् ।
५ हजार १० किलो चामल मध्ये सबै नसडेको र  प्रयोग गर्न सकिने चामल पनि रहेको भेट्वाल  दावी गर्छिन्।

 

यति धेरै सामाग्री सडेको रहेछ, यसको क्षतिपूर्ति कसले बेहोर्छ भन्ने जिज्ञासा राख्दा  उपमेयर भेट्वाल भन्छिन् ,'कसले बेहोर्नु र बाढ्दा वाढ्दै उब्रेको दाल/चामल  हो, क्षति नगरपालिका कै भयो नी, कसको हुनु र ?' उनले पर्दाफास प्रतिनिधिलाई प्रतिप्रश्न गर्दै सुनाइन् ।

 

खाध्यान्न कुहिएको बिषयमा व्यापक जनदबाब आएपछि केही दिन अगाडी मात्र कभर्डहलबाट चामल अन्यत्रै सारिएको समेत अनुगमन क्रममा देखिएको बताइएको छ । जनता मा. वी. भन्दा केही उत्तर गोपाल थापाको घर सर्टर भाडामा लिएर राखिएको चामल रंग परिवर्तन भएर कालो भइसकेकोले सबै चामल खाल्डो खनेर डिस्पोज गर्ने मनस्थितिमा नगरपालिका पुगेको तथा डिस्पोज कार्यको लागि ईलाका प्रहरी कार्यालय गौरादहलाई जिम्मेवारी दिइएको बताइएको छ ।

 

'निरीक्षण क्रममा हामी पनि थियौं, नगरपालिकाले हामीलाई डिस्पोज गर्न आग्रह गरेको छ ।', ईलाका प्रहरी कार्यालयका प्रमुख  रमेश कुमार मेहताले बताए ।
डिस्पोज गर्ने भनिएता पनि कहाँ र कहिले खाल्टो खनेर गाड्ने हो निर्क्योल नभएको बताइएको छ ।

 

कुहिएको चामल वितरण गरिएको विषय अझ गम्भीर भएकोले खाद्य अनुसन्धान बिभागले सिफारिस नगरे सम्म खाद्यान्न बिक्रि वितरण गर्न नमिल्ने विज्ञहरु बताउछन् ।

 

गत वर्ष कोरोनाको कारण देखाउदै संकलन गरेको चामलको गुणस्तरको बारेमा  बितरण स्थलमा र क्वारेन्टाइनमा व्यापक चर्चा भएको थियो भने उक्त समयमा के कति राहत संकलन  तथा खरिद गरिएको थियो भन्ने बारेमा नगरपालिकाले अहिलेसम्म हिसाब सार्वजनिक गर्न सकेको छैन ।  
Views: