d

काबेली कोरिडोरले गौरादहका बासिन्दा पिडित (तस्बिरमा हेर्नुहोस्)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
  
युवराज रेग्मी 

जेष्ठ ३ झापा / ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण भएको काबेली जलविद्युत आयोजना  सुरुवाती चरणमै चर्चा र  बिबादित बनेता पनि २०७६ सालमा निर्माण सम्पन्नभइ हाल यसले बिधुत उत्पादन  गरिरहेको छ ।

 

No description available.

एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण सुरुगरिएको  आयोजना पूर्वकै ठूलो र बहुप्रतिष्ठित जलविद्युत आयोजनाको हो  । 
No description available.

आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीले  ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्राले  कम्पनीको ४४ प्रतिशत लगानी गरेको थियो  ।

No description available.

पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छन् । अमरपुरको वडा नं. २ र वडा न ५ को खोला खर्कमा पोखरी बनाई साढे चार किमि सुरुङमार्गद्वारा पानी अमरपुर ९ पिनासी घाटको पावरहाउसमा खसाएर यसले आफ्नो विद्युतीय उर्जा उत्पादन गर्दैआएको छ  ।
No description available.

 आयोजना निर्माणको सुरुवाती चरण देखिनै चर्चा र बिबाद  झेलेको यश आयोजनाले एकलौटी ढंगबाट आफ्ना कामहरु अगाडि बढाउदा अझै सम्मपनि गाउँ र बस्तीहरुमा बिबादका पोकाहरु असरल्ल रुपमा यत्रतत्र छरपस्ट पारेको पाइन्छ ।

यसै सन्दर्भ अन्तरगत झापा जिल्ला कमल गाउँपालिका वडा न ५  लखनपुरको सब स्टेसन देखि गौरादह नगरपालिकाको  वडा न ७ मा निर्माणाधीन   स्टेसनसम्म  बिस्तारगर्न लागिएको ३३के. भि. लाइन कमल गाउँपालिका र गौरादह नगरपालिकामा पर्ने  मानव बस्तिहरुकै बिचबाट लैजानलाग्दा उक्त कार्यले आफुहरु मर्कामा पर्ने भन्दै सो निन्दनीय कार्य  विरुद्ध  स्थानियहरुले आपत्ती जनाउदै सम्बन्धित  वडाहरु  मार्फत उजुरीगरे पश्चात्  ठेकेदार कम्पनीले सोकार्य थाती राखेको थियो ।
No description available.
साथै सो छेत्रमा पर्ने कतिपय स्थानहरुका पोलहरु उखेलिनुका साथै  सामग्रीहरु यत्रतत्र छोडेर पोल बिस्तार कार्य  ठेकेदार कम्पनीले रोकेतापनी  हाल पुन: केही हप्ता अघिबाट ठेकेदार कम्पनीले  साबिकका  स्थानमा थप पोल गाड्ने तथा  गाडिएका पोलहरुमा स्थानियको अबरोधका बाबजुद केही ठाउँमा जबरजस्ती  तार लगाउन  लागेपछि   पुन:स्थानीयहरु आक्रोशित बन्दै  आयोजनाको उक्त  मिचाहा प्रवृत्तिको बिरोधमा उत्रने भएका छ्न ।

 

No description available.

मानव स्वस्थ्यलाई समेत जोखिम पुर्याउन सक्ने  उच्च घनत्वको विद्युतीय प्रसारण लाइनका कतिपय पोलहरु मानिसका घर धुरी माथि बाट  तथा कतिपय घरका आगनमै र घरकै सामुन्ने जथाभावी  गाडिएको पाइन्छ   ।
No description available.

यश बिसयमा जिज्ञासा् राख्दा एक स्थानिय भन्छ्न ----
" आयोजनाले मानव स्वास्थ र संबेदनसिललाई बेवास्ता गरेकोमा तत्कालीन समयमा हामी स्थानियहरुले वडा लाई ध्यानाकर्षण गराउदै  आयोजना लाई निवेदन मार्फत उजुरी गरेका थियौं ।
उजुरी पश्चात्  आयोजनाले उक्तकाम रोकेको   थियो , हाल आएर पुनः आयोजनाले  प्रसारण लाइन बिस्तारका सामग्रीहरु झारेको छ ।
No description available.
यस कार्यप्रती हामी  प्रभावित स्थानियहरुको  ठूलो आपत्ती छ ।  हामी कुनैपनि हालतमा मानवबस्ती बिचबाट जोखिमयुक्त  विद्युतीय लाइन बिस्तारगर्न दिने छैनौ।
No description available.
 हाल कुन मापदण्ड र कुन प्रकृया बाट काम अघि बढाउन लागिएको हो ? हामी अन्योलमा छौं ,  आयोजनाले निर्माणकार्यको बिस्तृत सूचना पाटी आयोजना स्थलमा नराखेसम्म कदापी पनि काम अगाडि बढाउन दिने छैनौं" , गौरादह २ क्याम्पस मोडका  एक स्थानिय खेमराज तिम्सिनाले स्थानियको तर्फबाट गुनासो ब्यक्त गर्दै  बताए ।

No description available.

 

Views: