d

कोभिडपीडित ऋणीलाई राहत सुबिधा दिने राष्ट्र बैंकको तयारी  

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — अघिल्लोपटक जस्तै यसपटक पनि कोभिड–१९ का पीडित ऋणीले राहत तथा सुविधा पाउने भएका छन् । यसका लागि राष्ट्र बैंक आन्तरिक गृहकार्यमा जुटेको छ ।
यही साता सार्वजनिक गर्न लागिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राहत तथा सुविधाका कार्यक्रम घोषणा गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
तस्बिर: द काठमान्डौ पोस्ट 
मौद्रिक नीतिको त्रैमासक समीक्षामार्फत कोभिड प्रभावित ऋणीलाई केही राहत तथा सुविधाका कार्यक्रम ल्याइने उनले जानकारी दिए । ‘विगतमा भन्दा नयाँ कार्यक्रम आगामी मौद्रिक नीतिमार्फत आउलान् । अहिलेलाई पुराना कार्यक्रमलाई के–कति निरन्तरता दिन सकिन्छ भन्नेबारे छलफल भइरहेको छ,’ उनले थपे, ‘प्राविधिक रूपमा समीक्षाको मस्यौदा तयार भइसकेको छ । सञ्चालक समितिबाट स्वीकृत भएपछि सार्वजनिक गर्छौं ।’ राष्ट्र बैंकले गत वर्ष पनि कर्जाको साँवाब्याज भुक्तानीका लागि भाका बढाउनुका साथै कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको थियो । तीमध्ये केहीको अवधि पूरा भए पनि केही निरन्तर छन् ।
जसमध्ये कोभिड–१९ का कारण पुनःस्थापित हुन समय लाग्ने होटललगायत पर्यटन क्षेत्रका उद्योगी व्यवसायीले कर्जाको साँवाको किस्ता र ब्याज भुक्तानीका लागि २ वर्षसम्म म्याद पाएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था ल्याइएको हो । कान्तिपूरमा खबर छ। 
Views: