d

प्रधानमन्त्रीको शपथविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा, आजै सुनुवाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको सपथ बदरको मागसहित परेका रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा राखेका छन् ।
बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गरेका थिए । चारवटै रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा पेशी तोकेका छन् । ती रिट निवेदनहरुको केही बेरमा सुनुवाइ हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्दावलीलाई त्यो पर्दैन भनेर बाचन गरेका थिए । त्यसले राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको रिट निवेदनकर्ताको दावी छ । रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ । 
Views: