d

गौरादह चामल काण्ड: चामल कुहियो, हिसाब सार्वजनिक गरिएन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
युवराज रेग्मी
 
जेष्ठ ४/झापा : गौरादह नगरपालिकाले गोदाम गरि राखेको चामल हिसाब नै नगरी खाल्टो खनेर गाड्ने तैयारी गरेको छ । राहत वितरण गर्ने भन्दै ठूलो परिमाणमा धनराशि संकलन गरेको नगरपालिकाले राहत सामाग्रीको हिसाब सार्वजनिक नै नगरी अनियमितता गर्न लागेको देखिएको हो ।
लामो समय बितिसक्दा पनि हिसाब सार्वजनिक नगरेको तथा ठूलो परिमाणमा दाल, चामल, भुजा लगायतका खाद्यान्न कुहिएको भन्दै स्थानियले चर्को बिरोध गरिरहदा नगरपालिका भने खाल्टो खनेर गाड्ने निर्णयमा पुगेको बताइएको छ ।

 

No description available.
 
 
गत बर्स कोरोनाको कहरमा  दैनिकी गुजारागर्न कठिन भएका नगरका  गरिब  तथा बिपन्न ज्यालादारी गर्ने मजदुर बर्गलाइ राहत स्वरुप बितरण गर्न संकलन गरिएको खाद्यान्न पारदर्शी रुपमा बितरण नगरिएको भनी  तत्कालिन समयमा बिबादास्पद बनेको गौरादह नगरपलिका यस वर्षको कोरोनाको दोस्रो लहरमापनि सोही प्रकृतिको गम्भीर बिबादमा तानिएको छ ।

 

No description available.

 
त्यसो त केही न केही काण्डका कारण  निरन्तर बिबादास्पद बन्ने  जनप्रतिनिधिहरुको गैर-जिम्मेवारी र लाचारपुर्ण ब्यबहारले  नगरबासीहरु निरन्तर  आजित बनीसकेका छन् ।

 

यस्तै बिबादास्पद कार्य अन्तरगत हाल गौरादह  नगरपालिकाले १ सय १५ विपन्न परिवारलाई गत साल दाताबाट प्राप्त भएको र नगरको बिपद ब्यबस्थापन कोषको मोटो रकम खर्चिएर खरिद गरिएको मौज्दात चामल तथा दाल प्रयोगका लागि गुणस्तरहिन हुदाहुदै गरिब तथा बिपन्न बर्गलाइ कोरोनाको दोस्रो लहरमा राहतका नाममा बितरण गरेर थप बिबादास्पद बन्दै गएको छ ।
  कुहिएर अखाद्य भएको चामल र दाल बाँड्ने  निर्णय गरेर फेरि अर्को ठूलो गल्तितर्फ नगरपालिका अघिबढेको देखिन्छ ।
स्थानिय नागरिकहरुले गुनासो व्यक्त गरेपश्चात् मौज्दात रहेको  दाल तथा भुजा लगायतका खाद्यान्नको अवस्था बारे जिज्ञासा राख्दा  गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहले  आनाकानी गरि नगरपालिकाको स्टोर साखामा   बुझ्न र उक्त खाद्यान्नको अवस्था बारे आफू जानकार नरहेको जबाफ दिएका थिए ।
यसै बिषयमा गौरादह नगरपालिकाकी उपप्रमुख गिता भेटवाल पनि सो मौज्दात खाद्यान्नको अवस्था बारे आफू  जानकार नरहेको बताउदै आएकी थिइन् ।
हाल सोही बिषयलाइ  ढाकछोप गर्न कोरोनाको बहानामा  पालिकाको सिसिएमसि  बैठकको नाममा घुमाउरो र नाटकिय ढंगबाट बैठक बसी मौज्दात  रहेको अखाद्य चामल तथा खाद्यान्नहरु ईलाका प्रहरीको  सहयोगमा नष्ट गर्ने निर्णयमा नगरपालिका  पुगेको बुझिएको छ ।
सोही अखाद्य बनेको केही परिमाण चामल र दाल केहीदिन अघि  नगरपालिकाले विपन्न नागरिकलाई राहत रूपमा नगरबासी गरिब तथा   बिपन्न बर्गलाइ बाँडेको थियो  ।
राहत स्वरुप चामल तथा दाल प्राप्त गर्ने निमुखा बर्गबाट सो चामल तथा दाल प्रयोग गर्न अयोग्य रहेको र आफुहरुको स्वास्थ्य माथी  नगरपालिकाले  गम्भीरतापुर्ण रुपमा खेलबाड गरेको  गुनासो उनिहरुले  संचारकर्मीलाई  राखेका थिए ।
   कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरका कारण जिल्ला द्वारा जारी  निषेधाज्ञाका कारण  रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल परेका  १ सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले अब्यस्थित  गोदाममा एक वर्ष राखेर कुहिएको चामल वितरण गरेका थिए  ।
त्यस्तै, अवस्थाको थप ५ हजार केजी चामल  हाल सम्मपनि नगरपालिकाले गोदाममै राखेको छ ।
सो चामल पनि  गरिब तथा विपन्नबर्गलाई वितरणगर्न  नगरपालिका तयारिमा रहेको थियो ।
यसै बिसयमा नगरका आम नागरिकले मौज्दात रहेको अखाद्य बनिसकेको खाध्यानबारे  गम्भीर रुपमा चासो र चिन्ता ब्यक्त गरेपश्चात् अखाद्य बनिसकेको खाधान्न बितरण गर्नबाट नगरपालिका पछिहटेको थियो ।
यसै बिसयलाइ निरुपण गर्न
हिजो सोमबार बसेको नगरको  विपत् व्यवस्थापन समितिको बैठकले कुहिएको चामल नष्टगर्ने निर्णय गरेको बुझिएको छ ।
बैठकले गौरादह स्थित साझाको सरकारी भवनमा राखिएको चामल अखाद्य बनेको  निष्कर्ष निकाल्दै नष्ट गर्ने निर्णयलिएको नगर उपप्रमुख गीता भेटवालले जानकारी  गराउदै उनी भन्छिन ,"त्यो चामल कामै नलाग्ने गरि बिगृएको छ अब चाँडै नस्ट हुन्छ ।"
नगरपालिकाले गतसाल कोरोना माहामारिको समयमा नगरका बिपन्न बर्ग लाई राहत स्वरुप बितरण गर्न प्रती केजि रु ३८ का दरले खरिद गरिएको खाधान्न  मध्ये बितरण गरि मौज्दात रहेको खाध्यान्न मासिक २  हजार रुपैयाँ गोदाम  भाडा तिरी भण्डारण गरि  राखेको  थियो ।
अव्यवस्थित भण्डारणका कारण मौज्दात रहेको कुहिएर अखाद्य बनेको   चामल कुहिएकै अवस्थामा  तीन हजार केजी चामल नगरपालिकाले विपन्न परिवारलाई बाँडेको हो ।
नगरपालिकाले १ सय १५ परिवारलाई प्रतिपरिवार २० केजीका दरले कुहिएको चामल र त्यस्तै अवस्थाको दुई केजी दाल प्रती परिवारलाई  वितरण गरेको थियो ।
हाल यसै बिसयलाइ गौरादहका नागरिक बर्गले नगरपालिकालाइ सस्थागत तथा ब्यक्तिगत तबरबाट निरन्तर रुपमा खबरदारी गरिरहेका छ्न ।
नगरपालिकाको गलत कदमको पटाक्छेप गर्दै कोरोना कहरका बाबजुद पर्ख र हेरको अवस्थामा आफुहरु रहेको बताएका छन । 
Views: