d

पन्चायतकालिन गोदामघरमा चामल सडाउदै गणतान्त्रिक जनप्रतिनिधि

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सान नेपाल 

झापा:  गौरादह नगरपालिकाले सुविधायुक्त गोदाम घर निर्माण गर्न नसक्दा लाखौँ मुल्यको चामल गोदाम मै सडेको छ।  नगरपालिकाले गोदाम घर निर्माणमा ध्यान नपुर्याउदा राहतको लागि भनेर संकलित ५ हजार कि लो भन्दा बढी चामल तथा दाल लगायतका खाद्यान्न सामाग्री सडेर नष्ट भएको हो । राहतको लागि खरिद गरिएको खाद्यान्न सामाग्री गौरादह बजार नजिकैको पुरानो र जिर्ण भइसकेको भवनमा रखिएको छ।   
पन्चायतकालमा तत्कालीन प्रधानपन्चले उक्त गोदाम घर निर्माण गरेको स्थानीय बताउछ्न् ।
समृद्धिको नमुना बनाउने भनेर ४ वर्ष अगाडी निर्वाचित गौरादहका जनप्रतिनिधिले अहिलेसम्म सुबिधा सम्पन्न गोदाम घर समेत बनाउन गोदाम घर समेत बनाउन नसेको स्थानीयको आरोप छ। गोदाम घर नभएकै कारण ठूलो मात्रामा खाद्यान्न कुहिएको अवस्थामा फेला परेको  बताइएको छ  ।
गतवर्ष कोरोनाको लकडाउनमा अनावश्यक रूपमा दाल चामल खरिद गरेको नगरपालिकाले जिर्ण अवस्थाको पन्चायतकालिन घरमा ठूलो परिमाणको खाद्यान्न राखिएको  पाइएको छ।  
सञ्चारमाध्यमहरुले पानी चुहिने र ओसिलो तथा असुरक्षित घरमा खाद्यान्न राखिएको बारे बारम्बार प्रश्न उठाउदै आएका भएपनी मेयर / उपमेयर र वडाअध्यक्षहरुले सतही जवाफ दिदै बेवास्ता गर्ने गरेका थिए ।


पानी चुहिने, ओसिलो, दुर्गन्धित र अत्यन्तै जिर्ण अवस्थामा रहेको उक्त घरलाई गौरादह ब्याडमिन्टन खेल समितिले धेरै मेहनतका साथ सफाइ गरेर दैनिक खेल अभ्यासका लागि  प्रयोगमा ल्याएको थियो । आफुहरुलाई खेल अभ्यास गर्न असुबिधा  भएको तथा कर्कटपाता मक्काएर पानी चुहिने भएकोले खाद्यान्नलाई तत्काल स्थान्तरण गर्न माग गर्दै ब्याडमिन्टन खेल समितिले नगरपालिकालाई लिखित पत्र समेत बुझाएको बताइन्छ ।

एक ब्याडमिन्टन खेलाडीले भने, 'हाम्रो कुरा सुनेको भए आज जनप्रतिनिधिले लज्जास्पद हुनुपर्ने थिएन।'

आम नगरबासीको कुरै नसुन्ने र आफुखुशी चल्ने जनप्रतिनिधि कै कारण खाद्यान्न गोदाम समेत निर्माण हुन नभ्याएको स्थानीयहरु बताउछन् ।

गोदाममा कुहिएको चामल बारे स्थानीय तथा राष्ट्रिय सञ्चार गृहले  बारम्बार हेडलाईन बनाएपछि मात्र गोदाम हेर्न पुगेका जनप्रतिनिधिले कभर्डहलको खाद्यान्न भन्दा बढि मुसाका लिड भेट्टाएका थिए ।
सबैभन्दा दु:खद कुरा त के भने मुसाको लिडै लिड भएर कुहिएको खाद्यान्न  ११५ परिवारलाई वितरण गर्दा उनीहरुको अज्ञानता राम्रै छ्चल्किएको थियो ।

गोदाम घर निर्माणमा अर्जुन दृस्ठि पुर्याउनै नसकेका जनप्रतिनिधिले महिनाको २ हजार भाडा तिरेर कुहिएको चामल थन्क्याएका छन् । नव दुर्गा पेट्रोल पम्प भन्दा केही मुन्तिर गोपाल थापाको घरमा राखिएको उक्त चामलबाट आएको दुर्घन्धले टाउको दुखी सकेको स्थानीयहरु बताउछन् ।
'एक महिनाको लागि सर्टर मागेका थिए, अहिलेसम्म पैसा चाहिँ बुझाएका छैनन् ।', पर्दाफास संग कुरा गर्दै थापाले भने ।
एक महिना भन्दा बढी नराख्ने भन्दै करिब २५ दिन अगाडी अनुमानित ३ सय बोरा कुहिएको चामल नगरपालिकाका कर्मचारी आएर थन्क्याएको उनको भनाइ छ ।

निर्वाचित जनप्रतिनिधिको कार्यभार अब १० महिना मात्र रहेको छ । ४ वर्षको अवधिमा गतिलो काम एउटा पनि गर्न नसकेको तर काण्डै काण्डको इतिहास भने जनप्रतिनिधिले राम्रै रच्न सकेका स्थानीयहरु बीच चर्चा भएको पाइन्छ ।  
Views: