d

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ३ जना मन्त्री बिना विभागीय

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्  । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।   
प्रदेश प्रमुख सीताकुमारी पौडेल द्वारा आज सपथ गराइएका मंत्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ,  रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्री रहेका छन्।    युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी नभएको जनाइएकॊ छ । 
मुख्यमन्त्री गुरुङ कोरोना सङ्क्रमित हुनुभएका कारण उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको एक हप्तापछि मात्र मन्त्रिपरिषद् विस्तार गरिएको हो ।  
Views: