d

राष्ट्रियसभा निर्वाचन: मतदातालाई कोरोना परीक्षणको रिपोर्ट नचाहिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट आवस्यक नपर्ने बताएको छ । 
Image: The Bihani Post
मतदाताको मताधिकारको संरक्षण गर्दै मतदाता कसैलाई पनि वञ्चित हुनु नपरोस भन्दै यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ। 
बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।  बिहान ९ बजेदेखि सुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ । 
बागमती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ  प्रतिस्पर्धा गर्दै छन् । देवकोटा एमाले माधव नेपाल समूह, माओवादी केन्द्र र कांग्रेसको तर्फबाट साझा उम्मेदवार बनेका हुन् । 
निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राईलगायत नेता आज हेटौंँडा पुगिसकेका छन् । 
Views: