d

राष्ट्रिय सभा निर्वाचन: देवकोटा विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डौ – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो । 
खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे हाे । यस्तै रामबहादुर थापाले  चार हजार १४ मतभार र कृष्णगाेपाल तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएकाे हाे । 
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएकाे हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।  
Views: