d

पद चिप्लिएका बादल स्कटिङ सहित झन्डावाल गाडिमा काठमाडौ फर्कदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
युवराज रेग्मी 
जेष्ठ ६ ,झापा /         
      राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा बिजयी भएका छन् । आज हेटौंडाको भुटनदेवी स्कुलमा भएको मतदानमा गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादललाई देबकोटाले  हराएका हुन् ।
कुल मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याएर बिजयी बनेका हुन् ।
स्थानीय तहको  जनप्रतिनिधि तर्फको जम्मा खसेको २३३ मत मध्ये गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादलले १०३ मत प्राप्त गर्दा  स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले १२८ मत प्राप्त गरेका थिए  ।

 
त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङले २ मत मात्र  प्राप्त गरे ।बागमती प्रदेशसभाका १०५ सदस्यले मतदान गर्दा  देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत प्राप्त गर्न सफल भए  ।
 आज  हेटौंडामा बिहानैदेखि पानी परिरहेको थियो । झरीमा छाता ओढेर  बादलले मतदान स्थलको  अवलोकन गरेका थिए ।
 बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकियो ।  मतदाल समाप्त भए पश्चात ४:३० बजेदेखि मतगणना सुरु भयो ।यता मतगणना सुरु हुदैगर्दा उता सर्वोच्च अदालतबाट  बादलका लागि अशुभ खबर आयो । 
 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्यो ।

बिहानदेखि मतदात स्थलमा मुख्यमन्त्री डोरमणि पौडेल संगै चौरमा राखिएको टेन्ट भित्र बसेका बादल दिउसो  २:३० बजेतिर मतदान स्थलबाट हेटौंडाको होटल एबोकाडोमा पुगे ।
 करिव साढे २ बजे मतदान स्थलबाट बाहिरिएका बादल होटलमा पुगेर त्यहाबाट एमाले पार्टी कार्यालय हुदै पुनः मतदान स्थलमा आउने भनिएको थियो तर उनलाई अदालतको निर्णयले झट्का लागेपछि उनि कतै गएनन् ।राष्ट्रियसभाको मतगणना आइरदा उनको गृहमन्त्री पद चिप्लिसकेको थियो । एकैछिन पछी स्थानीयतहको मत परिणाममा उनलाई खिमलाल देवकोटाले पछारिसकेका थिए । त्यसको लगत्तै  प्रदेश सांसदको मत  परिणाम पनि  आयो, त्यसमा पनि देवकोटाले नै बाजी मारे ।
त्यसपछि बादललाई अर्को झट्का लाग्यो । ऊनी अब होटलबाट मतगणना स्थलमा जाने कुरै भएन ।  साझ  ५:३० बजे उनी  होटल एबोकाडोबाट बाहिरीए । बादल हेटौंडा आउदा झण्डावाल गाडिमा  स्कटिंग सहित आएका थिए तर उनको पद चिप्लिइसकेको थियो  । पछीपनि उनि हेटौंडाबाट बाहिरिदा झण्डावाल गाडीसहित प्रहरीले स्कटिङ गरेर उनलाई मकवानपुर कटायो  ।
हेटौंडाबाट  ५:३० बजे साझ निस्किएका उनलाई जिल्ला प्रहरी कार्यालयले स्कटिङ गरेर मनहरी  खोलासम्म पुर्यायो । त्यसपछि इन्स्पेक्टरको कमाण्डमा मनहरिबाट चितवन र मकवानपुरको सिमानाको लोथर सम्म पुर्याइयो ।
त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालयका चितवनका एसपीले स्कटिङ गरेर लगेका छन् ।  उनको पद चिप्लिएपनि उनि बाहालवाला मन्त्री सरह झन्डावाल गाडीमा स्कटिङमा साथ काठमाडौं फर्किदैछ्न  ।
Views: