d

महामारीको बेला चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित गरौं- भट्टराई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना महाव्याधीको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित वा परास्त गर्नुपर्ने बताएका छन्।  भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत संविधानमाथिको आक्रमण शृंखला नरोकिएको भन्दै राजनीतिक दलहरूले मुलुकलाई सहमतिमा निकास दिन आग्रह गरेका छन् ।
राजनीतिक दलहरूले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको 'अनुरोध' मा बिहीबार साँझ नयाँ सरकार गठनको आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार ५ बजेसम्मको समय दिएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

'संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो । कोरोना महाव्याधीको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं,' डा. भट्टराईको आग्रह छ, 'सबैले दलीय/निजी स्वार्थ त्यागेर जो-जेमा सहमति हुन्छ धारा ७६ (५)बाटै निकास दिऊँ ।', भट्टराईले भनेका छन्।  
Views: