d

 कांग्रेसको आकस्मिक बैठक बुढानिलकण्ठमा, राष्ट्रपतिलाई महाअभियोग विषय प्राथमिकतामा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी सभापति निवास बुढानिलकण्ठमा सुरु भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक सुरु भएको हो ।
बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी पौने १० देखि सुरु भएको हो । बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी छन् ।
काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ ।
तस्बिर: द नेपाल टप 
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।
विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।
सरकार गठनको लागि दावी प्रस्तुत गर्ने समय सिमा आजै बेलुकी ५ बजे सकिदै छ।  
Views: