d

महामारीकै बीच चुनाव गर्न सकिन्छ - प्रधानमन्त्री 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने बताएका छन् । महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै  चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताएका हुन्।  
बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले  तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताएका हुन् । 
यस्तै अहिले अक्सिजनको अभाव हट्न थालेको, अस्पतालमा शय्या लगायतको क्षमता बढेको, खोप सबैलाई नसके पनि सकेसम्म धेरैलाई लगाइने भएकोले केही समयमा अवस्था सामान्य बन्दै जाने र त्यसपछि चुनाव गर्न समस्या नहुने प्रधानमन्त्री ओलीले बताए  ।
संसद् विघटन नै नभए पनि फागुनमा पालिकाको चुनाव गर्नैपर्ने बाध्यता भएकोले केही अघि संसद्को चुनाव गर्न पनि असम्भव नरहेको ओलीकाे भनाइ छ ।  
Views: