d

फागुन भित्रमा स्थानीय निकायको निर्वाचन हुनै पर्छ  - प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन भित्रमा स्थानीय निकायको चुनाब गर्ने पर्ने बताएका छन्।   लोकतान्त्रिक मुलुकले तालिका अनुसार नै चुनाब गर्नै पर्छ भन्दै प्रधानमन्त्री ओलीले आगामी फागुन सम्ममा स्थानीय निकायको चुनाव भई सक्ने बताएका हुन्।    स्थानीय निकाएको मात्र होइन बाध्यात्मक परिस्थिति सिर्जना हुदै गएकोले संघिय संसदको चुनाब पनि आगामी मङ्सिरमा हुन सक्ने संकेत गर्दै प्रधानमन्त्रीले महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उनले  चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताएका छन्।  
बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले  तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताएका हुन् । 
Views: