d

राष्ट्रपतिमाथिको विरोध गरेर संघिय गणतन्त्रलाइ आक्रमण गरिदैछ : ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथिको विरोध सङ्घीय गणतन्त्रमाथिकाे ठाडो आक्रमण भएको बताएका छन्  । 
file image

कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा निहित भएको  व्यवस्थामा राष्ट्रपतिको क्षेत्राधिकारको बारेमा प्रस्ट हुनु पर्ने बताएका हुन्।  
संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा अनावास्यक प्रश्न तेर्स्याएर राष्ट्रपति लाइ बदनाम गरिएको उनले बताएका छन्।  
 बालुवाटार शुक्रवार (आज) भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले  किन विरोध गरिन्छ  भनेर प्रश्न  समेत  गरे ।
राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौती दिए  । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै ओलीले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए। 
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको बेला पत्रकार सम्मेलन गरेर आफ्ना धारणा स्पस्ट गरेका थिए।  
 
Views: