d

गठबन्धन भन्दा अगाडी प्रधानमन्त्री पुगे शितलनिवास

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलहरु भन्दा अघि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्। नयाँ सरकार गठनको समयसिमा सकिनै लाग्दा प्रधानमन्त्री शितल निवास पुगेका हुन्। नयाँ सरकार गठनको लागि राष्ट्रपतीले दिएको समयसिमा ५ बजे सकिदैँछ।

File Image

प्रधानमन्त्री के उद्देश्यले शितल निवास गएका हुन भन्ने खुलेको छैन्। उता काँग्रेस सभापती शेरबहादुर देउवा १ सय ४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दावी गर्न शितल निवास पुगिसकेका छन्।
देउवालाई माओवादी केन्द्र सँगै जसपाको उपेन्द्र–बाबुराम पक्ष र माधव नेपाल समुहको साथ रहेको छ। देउवाको पक्षमा माधव समुहका २७ सांसदले हस्ताक्षर गरेको काँग्रेस नेता गगन थापाले बताएका छन्। नेपाली पब्लिक। 
Views: