d

मेचीनगरका  ३४  संक्रमितले  कोरोना जितेर घर फर्किए 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
धुलाबारी, ७ जेठ । मेचीनगरमा कोरोना जितेर घर फर्किनेहरु ३४ जना पुगेका छन् ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले नगरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेहरु ३४ जना रहेको बताए ।
धाईजनको आईसोलेसन सेन्टर, मेची प्रादेशिक अस्पताल भद्रपुर, विराटनगरको कोशी अस्पताल, वीपी कोइराला विज्ञान प्रतिष्ठान घोपा धरान लगायतका विभिन्न अस्पतालबाट मेचीनगरका संक्रमितहरु निको भएर घर फर्किएको यादवले जानकारी दिए ।
मेचीनगरमा हाल ४१३ जना संक्रमित रहेका छन् भने ९ जनाको कोरोनाकै कारण ज्यान गईसकेको छ । लोकतन्त्र पोस्ट। 
Views: