d

काठमान्डौका गल्ली गल्लीमा पुगेर खाद्यान्न वितरण गर्दै राप्रपा नेता संग्रौला (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सान नेपाल
पर्दाफास / जेष्ठ ७/काठमाडौं: मुलुक कोरोना महामारीले आक्रान्त भएको बेलापनि सत्ता लुछाचुडीमा व्यस्त रहेका नेताहरुलाइ चुनौती दिदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लक्ष्मी संग्रौलालाई भने काठमाडौमा खाद्यान्न वितरण गर्न भ्याई नभ्याई छ ।  कोरोना महामारी शुरु भए देखिने कुनै न कुनै मानविय सहायतामा अनुकरणिय योगदान पुर्याउदै आउनु भएका नेता संग्रौला यो पटक भने काठमान्डौमा डेरा गरि बसेका झापालीहरुलाइ खोजि खोजि राहत वितरणको अभियान नै चलाउनु भएको हो। 

 

No description available.

 
पर्दाफास मिडिया नेट्वर्क प्रा. ली. का प्रमुख सल्लाहकार समेत रहनु भएका नेता संग्रौलाले कोरोना महामारीमा झापालीलाई थप राहत दिने घोषणा गर्नुभएको छ ।

 

No description available.
 
वहाँले झापा क्षेत्रबाट काठमाडौं आइ कोठा भाडामा  लिएर गरिबस्नेहरुलाई कोरोना कहरमा समस्या परेको भए खाद्यान्न सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

 

No description available.

 

नेता संग्रौलाले आफू सदैब मानव सेवामा समर्पित रहने भन्दै  ९८५२६७०६४१ ,९८५५०७०६४१ , ९८५१२७०६४१ मा सम्पर्क गरि गोप्य राहत प्राप्त गर्न सकिने बताउनुभएको छ ।

 

No description available.
 
राहत लिएका व्यक्तिको नाम गोप्य राखिने भएकोले आफुलाई निर्धक्क संग फोन गरेर नाम टिपाउन अनुरोध गर्नुभएको छ ।

 

No description available.

 
निषेधाज्ञा भरी दैनिक काम छोडेर आफु राहत वितरण मै व्यस्त भएको वहाँ बताउनुहुन्छ। 

 

No description available.

 
पर्दाफास कार्यालयको  टेलिफोन सम्पर्कमा नेता संग्रौलाले भन्नुभयो, 'फेसबुकमा स्टाटस हाल्नेवित्तिकै  साथीभाइको फोन आइरहेको छ, आज (शुक्रबार) मात्र दाल, चामल, नुन, तेल, मसला, पेस्ट, साबुन लगायतका खाद्यान्नका २५६ पोका आफ्नै गाडीमा राखेर न्युरोड, भोटाहिटी, जमल, कोटेश्वर, सल्लाघारी लगायतका स्थानमा डेरा डेरामै पुर्याइदिएर आएको छु, भोलीको लागि पनि  धेरै नै फोन कल आइरहेका छन्, ।'

 

No description available.

 
फोन गर्नेको नाम ठेगाना गोप्य राखेर सहायता गर्ने गरेको बताउने नेता संग्रौला भन्नु हुन्छ, 'काठमान्डौमा बिद्यार्थी र मजदुरको हुन सम्म बिजोग भएको रहेछ।  भोको पेट बन्द कोठामा बस्नेहरुको कारुणिक अवस्थाले मन खिन्न हुदों रहेछ।'   

 

No description available.

 

'साथीहरुले एक फोन कल गरिदिए  हामीलाई पुग्छ, डेरा मै पुगेर खाद्यान्न वितरण गरिदिनेछौं।'

 

No description available.

 
झापाली मात्र नभएर जुम्ला, दैलेख, रुपन्देही लगायतका जिल्ला बाट काठमाडौं  डेरा गरि पढ्ने बिद्यार्थीहरुलाई समेत राहत वितरण गरेको वहाँ बताउनुहुन्छ ।

 

 

'राज्यले नहेरे पनि हामी सामाजिक अभियन्ताहरु ज्युदै छौँ, तपाईंहरुलाई डेरामा बसेर हातमुख जोड्न समस्या परेको भए  एक कल मात्रै गर्नुहोस् , तपाईंलाई खाद्यान्न सहयोग गर्ने प्रण गर्दछु ।', संग्रौलाले अपिल गर्दै भन्नुभएको छ ।
नेता संग्रौलाले निषेधाज्ञा शुरु भएदेखिनै झापा क्षेत्रमा निशुल्क एम्बुलेन्स सेवा सन्चालन गर्नुभएको छ भने गौरिगन्ज, गौरादह र कमल गाउँपालिकामा १६ हजार पिस मास्क समेत वितरण गर्नुभएको छ । त्यतिमात्र नभएर संग्रौलाले झापा क्षेत्र  भरी विभिन्न समयमा गरिब, पिछडिएका तथा सिमान्तकृत वर्गलाई न्यानो कपडा, खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरु निशुल्क रूपमा वितरण गर्दै आउनुभएको छ ।
बिगत एक दशक देखि मानवीय सहायतामा समर्पित नेता संग्रौला वहाँको यहि सामाजिक भावनाका  कारण  झापाली जनताबिच लोकप्रिय रहदै आउनुभएको छ।
'अभियान सफल रहोस् । पर्दाफास मिडिया टिमको तर्फ बाट हाम्रा आदरणीय अग्रज लक्ष्मी प्रसाद संग्रौला ज्यू प्रती हार्दिक  आभार सहित कृतज्ञता अर्पण गर्दछौँ ' 
Views: