d

कांग्रेस झापाको भर्चुअल बैठक, प्रम र राष्ट्रपति संविधान मास्न उद्धत रहेको दाबी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी                                                    जेष्ठ ७ ,झापा /
कार्यकारी प्रधानमन्त्री केपी ओली र आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मास्ने र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र रचेको  भन्दै नेपाली कांग्रेस झापाले आपत्ति प्रकट गरेको छ । 
नेपाली काङ्ग्रेस झापा जिल्लाले  आज शुक्रबार आयोजना गरेको भर्चुअल अन्तर सम्बादमा  
 प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारी   "नाचेको" निष्कर्ष निकाल्दै संसदीय व्यवस्था र संविधान विपरीत गतिविधि नगर्न प्रधानमन्त्री र रास्ट्रपति समक्ष आग्रह समेत गरेको छ । 
 बैठक मार्फत कांग्रेस झापाले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन पार्टी केन्द्रीय समितिलाई लिखित आग्रह गर्ने निर्णय गरेको  सभापति उद्धब थापाले बताएका छ्न  ।
 सूचना, सञ्चार तथा प्रचार विभाग झापाको संयोजकत्वमा नेपाली  कांग्रेस झापा द्वारा आज शुक्रबार  आयोजित  भर्चुअल बैठकले जिल्लामा रहेका पार्टीका सबै भवनहरु  कोरोना भाइरस संक्रमण कोभिड निवारणका लागि  सरकारलाई उपयोग गर्नदिने निर्णय  समेत गरेको छ ।
  बैठक मार्फत कांग्रेस झापाले कोभिड १९ को संक्रमण बाट  ज्यान गुमाएका  सम्पुर्ण नेता,कार्यकर्ताप्रती श्रद्धाञ्जली ब्यक्त गर्दै मृतकका  परिवारमा गहिरो समबेदना प्रकट गरेको छ ।
साथै कोरोना संक्रमणमा परि  उपचाररत रहेका सम्पुर्ण  नेता तथा  कार्यकर्ताहरुको शीघ स्वास्थ्य लाभको कामना गरेको छ । 
कोभिड महामारी विरुद्ध लड्न  जिल्ला तहमा पार्टी  सभापति उद्द्ब  थापा, क्षेत्रीय तहमा क्षेत्रीय सभापति र तहगत रूपमा सभापतिहरूको संयोजकत्वमा समिती निर्माण गरी नागरिकको घरदैलोमा पुग्ने निर्णय गरेको छ । 
पार्टीको क्रियाशील सदस्यताका सबालमा पार्टीको  केन्द्रिय निर्देशन बमोजिम  तोकिएको कार्यतालिका अनुसार कामगर्ने निर्णय गरेको सभापति  थापाले बताएका छ्न  । 
कांग्रेस झापा  प्रचार विभाग संयोजक कृष्ण हुमागाईंको  संयोजकत्व र  प्रचार विभाग सचिव राजेन्द्र गौतम द्वारा  संचालित कार्यक्रममा  काङ्ग्रेस  झापा जिल्ला प्रबक्ता लोकराज ढकालले जिल्लाको कोभिड संक्रमणको तथ्यांक प्रस्तुत   गरेका थिए । 
कार्यक्रममा जिल्ला पार्टी नेताहरू राम कट्टेल, देउमान थेवे, भगीरथ पोद्दार, केशवराज पाण्डे लगायतका नेताहरुले आफ्ना बिचार राखेका थिए  । 
कार्यक्रम मार्फत  पालिका समितिका सभापति, प्रदेश निर्वाचन समितिका सभापति, क्षेत्रीय समितिका सभापति हरुले आफ्नो राय प्रस्तुत गरेको कार्यक्रममा सरकारको अकर्मण्यताको चर्को आलोचना भएको थियोे । 
कांग्रेस झापाले सरकारको पछिल्लो गतिविधिले संविधान मास्ने र संसदीय व्यवस्थाकै धज्जी उडाएको किटान गर्दै त्यस्ता हर्कत नरोकिए ज्यानको बाजी थापेर संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ  ।
Views: