d

निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउदै नेता संग्रौला

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लक्ष्मण संग्रौलाले झापामा सञ्चालन गर्नुभएको निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने भएको छ । कोरोना संक्रमित भइ उपचार पहुँच पुग्न नसकेको वर्गलाई  लक्षित गरेर सञ्चालनमा ल्याइएको निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउदै कोरोना संक्रमणको आशंका भई तत्काल एम्बुलेन्स सेवालिन चाहने जो कोहिले सुबिधा प्राप्त गर्ने भएका हुन् ।
नेता संग्रौला द्वारा झापामा निशुल्क रूपमा संचालित एम्बुलेन्सको विषेश व्यवस्थापन गर्दै आउनु भएकी महिला सशक्तीकरण गौरादह अध्यक्ष भरिपूर्ण राईले निशुल्क एम्बुलेन्सलाई अझै प्रभावकारी बनाउदै कोरोना महामारी नियन्त्रणमा थप योगदान पुर्याउने योजना रहेको बताउनुभयो ।
'गाउँघरमा कोभिड संक्रमित बिरामी केही बाक्लो देखिन थालेकोले पनि यसलाई अझै प्रभावकारी तरिकाले चलाउन सकियोस् भनेर क्राइटएरिया फराकिलो बनाइएको हो, आवस्यक पर्ने साथिहरुले सम्पर्क गर्न सक्नुहुनेछ ।' , संग्रौलाले भन्नुभयो ।
झापा भरीका अस्पतालमा पुर्याउन र ल्याउनको लागि निशुल्क प्रयोग गर्न सकिने समेत वहाँले बताउनुभयो । निशुल्क एम्बुलेन्स सेवालिन चाहनेहरुले एम्बुलेन्स सेवाको लागि 9814090293 सामाजिक अभियन्ता जय गुरुङ, 9841761788 मा पत्रकार सान नेपाल, महिला सशक्तीकरण अध्यक्ष भरिपुर्ण राई 9814361925 मा सम्पर्क गर्न सकिने बताइएको छ ।  
Views: