d

संसद पुनर्स्थापना गरेरै छाड्छौं - प्रचण्ड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको प्रतिवाद गर्ने बताएका छन् । उनले शुक्रबार प्रधानमन्त्रीका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४९ सांसद अदालत जाने जानकारी दिए । देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उनले बताए ।
विपक्षी गठबन्धनको शनिबार बसेको बैठकपछि बोल्दै अध्यक्ष प्रचण्डले आदतलतले पुनः लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । उनले फेरि संसद पुनःस्थापना भएर लोकतन्त्र सही ट्रायकमा जाने बताए ।
‘हिजो दाबी प्रस्तुत गरेका थियौं । दाबी प्रस्तुत गर्ने सबै र त्योभन्दा बढी पनि यो प्रतिगमनकारी कदमका विरुद्ध सबै सांसदहरुको हस्ताक्षरसहित सर्वोच्चमा जान्छौं,’ प्रचण्डले भने । उनले विगतमा संसद् विघटन निरंकुश र प्रतिगमनकारी कदम भनेर सडक र अदालतमा जाँदा पुनःस्थापना भएको स्मरण गरे ।
‘हामीलाई विश्वास छ । बहुमत सांसदसहित रिट निवेदनमा गइसकेपछि र संसदभित्र अर्को विकल्प भएको कुरा हिजो प्रमाणित भएकै थियो । मध्यरातमा अपारदर्शी र निरंकुश ढंगले जसरी संसद् फेरि विघटन गरिएको छ । त्यसको प्रतिवाद सडक र अदालतमा त्यसरी नै गरिनेछ । हामीलाई विश्वास छ । अदालतले एकपटक फेरि लोकतन्त्रको पक्षमा फैसला गर्नेछ,’उनले भने । 
उनले कोरोना महामारीको बेला देशलाई दुर्घटनामा लगेको जनताले नसहने बताए । निर्वाचन गर्नका लागि घोषणा नगरिएको बताउँदै प्रचण्डले निर्वाचनको अर्थ नभएको पनि बताए ।annapurana
Views: