d

देउवाको विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री ओलीको आपत्ति

Views:
Responsive Image Gallery
Responsive Image Gallery
प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले  आपत्ति जनाएका छन्।
उनको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन्।
देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाले थिए।
शनिबार दिउँसो बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देउवाको औपचारिक विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएकोमा आपत्ति जनाएका हुन्।
'सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ,’ ओलीले भने,‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’ सेतोपाटीमा खबर छ। 
यस्तो छ देउवाको विज्ञप्ति:

Views: