d

अमेरिकी सहयोगका सामान ल्याएको पहिलो जहाज काठमान्डौमा अवतरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान नेपाल आइपुगेको छ।  परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाले सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री बोकेर पहिलो जहाज काठमाडौं अवतरण भएको हो।  
Image:setopati
शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको उक्त जहाजमा आएको सामान काठमाडौंस्थित अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग युएसएडका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् ।
युएसएडले नेपाललाई कोरोनाविरूद्धको लडाइँमा सघाउन तीन जहाज सामान पठाउन लागेको जानकारी दिएको थियो।
गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।
नेपाललाई गरिएको सहयोगबारे अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले पनि ट्वीट गरेका थिए भने अमिरिकी राज्य मेरील्याण्ड राज्यका बिधायक ह्यारी भण्डारीले नेपालमा भयावह अवस्थामा पुगेको कोभिड संक्रमण नियन्त्रणमा अमेरिकी सहयोग जुटाउन विशेष पहल गरेका थिए।   
अमेरिकी विदेशमन्त्री नेपालका सम्बन्धमा बिरलै ट्वीट गरेका हुन्। ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।
Views: