d

संक्रमणका कारण झापामा वडा अध्यक्ष र नवबेहुला सहित थप ६ ले गुमाए ज्यान

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 
युवराज रेग्मी 

जेष्ठ ८, झापा / पछिल्लो २४ घन्टामा   झापा जिल्लाका ६  जनाको कोरोनाका कारण  ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मेची नगर  नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल  बिर्तामोडमा  उपचारका क्रममा  उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कोरोना संक्रमण भए पस्चात  विगत ११ दिनदेखि  उनी अस्पतालमा उपचाररत रहेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि बैशाख  २८ गते गरिएको स्वाब परीक्षणमा  उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झापाका जिल्ला  अध्यक्ष हुन  ।
त्यस्तै आज बिहान  हल्दिबारी १ का २९ वर्षिय ठाकुर थरका पुरुषको बिर्ता सिटि अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छ्न  ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी अस्पतालमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख  भोला अधिकारीले बताए ।
त्यस्तै  गौरादह नगरपालिका वडा न ४ खाङ्टाका ३० वर्षीय सन्तोष ताजपुरीयाकाे काेशी काेभिड अस्पतालमा आज सनिबार  बिहान १२.४५मा मृत्यु भएको छ  । 
कोरोना संक्रमणका कारण आफ्नी आमा गुमाएका सन्तोष लाई पनि संक्रमण पुष्टि भएपस्चात  बैशाख २४ गतेदेखि  उनी उपचाररत थिए ।
उपचाररत अवस्थामै आज बिहान उनको कोशी कोभिड अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
 ताजपुरियाको बैशाख १५ गते बिबाह सम्पन्न भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष ,उनकी नवदुलही र  आमासहित परिवारका पाँचै जनामा  कोरोना  संक्रमण पुष्टि भएको  थियो । नव बेहुली अर्थात सन्तोषकी श्रीमतीको पनि कोशी कोभिड अस्पताल बिराटनगरमा हाल  उपचार भइरहेको  छ ।
 त्यसैगरि झापाको दमकमा शनिबार थप २ संक्रमितको मृत्यु भएको छ ।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय महिलाको मृत्यु भएकोहो । २८ बर्षिय संक्रमितक महिलाको बिएण्डसी अस्पताल बिर्तामोडमा गए राति मृत्यु भएको हो ।
 यस्तै अकीँ संक्रमित महिलाको  दमक स्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
Views: